विश्वका कतिपिय मुलुकले स्कुल खोल्न थाल्यो

`

     २०७७ भाद्र १७ गते ६:२५

एजेन्सी, १७ भदौ। विश्वमा अझैपनि कोरोनाविरुद्धको खोप बनिसकेको छैन । तर विश्वका कतिपिय मुलुकले मंगलबारबाट स्कुल खोल्न थालेका छन्।

चीन, फ्रान्स, इजरायल, इङ्ल्यान्ड तथा रुसले स्कुल खोलेका छन्। स्कुलमा बच्चाहरुलाई पूर्ण सुरक्षाका साथ राखेर कक्षा सञ्चालन गर्न थालेका छन्। फ्रान्समा ११ वर्ष र त्योभन्दा बढी उमेरका बच्चालाई स्कुलमा पूरै समय मास्क लगाउन भनिएको छ। यतिसम्म कि टिफिन टाइम र संगीतको कक्षामा पनि तिनले मास्क खोल्न पाउने छैनन्। तर चीनको उहानमा भने माक्स लगाउन अनिवार्य बानाइएको छैन ।

विद्यार्थी बस्ने मेच पनि अघिल्लो वर्षको भन्दा फरक बनाइएको छ। मेचमा प्लास्टिकको सिल्ड लगाइएको छ भने झ्यालढोकामा भाइरसबारे चेतावनीयुक्त बोर्ड राखिएको छ। अमेरिकाले भने अनलाइन कक्षालाई नै जोड दिँदै आएको छ। युरोपले भने स्कुल खोल्ने क्रम बढाउँदै लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?