advertisement

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । उनी घरवारविहीन र पहिचान समेत नखुलेका सडकमै बेवारिसे अवस्थामा थिए ।

" /> वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईको ज्यान गयो - Sarbocha Media

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईको ज्यान गयो

`

     २०७७ भाद्र १६ गते ४:३८

वीरगञ्ज, १६ भदौ। वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेहरु बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै दुई पुरुष रहेका छन् ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु अस्पतालले जनाएको छ ।

बाराका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको बताइएको छ ।

पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका मृत्यु भएको थियो । उनमा सामान्य ज्वरो र कमजोरीको समस्या थियो । उनलाई नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार गरिरहेको थियो ।

advertisement

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । उनी घरवारविहीन र पहिचान समेत नखुलेका सडकमै बेवारिसे अवस्थामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?