काठमाडौं, १६ भदौ। कक्षा १२ को परीक्षा दशैँअघि नै हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको छ ।
स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारी भएको परीक्षा बोर्डले जनाएको छ। परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।
पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहेको जनाइएको छ।

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।



