advertisement

आफूले राष्ट्रियसभामा जान्न कहिल्यै नभनेको बताउँदै गौतमले  भने, ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ ।’

डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त रहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।

" /> राष्ट्रियसभामा जान तयार छु, मलाई लैजाने निर्णय तत्काल कार्यान्वयन होस् : वामदेव गौतम - Sarbocha Media

राष्ट्रियसभामा जान तयार छु, मलाई लैजाने निर्णय तत्काल कार्यान्वयन होस् : वामदेव गौतम

`

     २०७७ भाद्र १५ गते १२:३६

काठमाडौं, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् ।’ गौतमले चेतावनीको भाषामा भने- ‘ मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको छ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।’

advertisement

आफूले राष्ट्रियसभामा जान्न कहिल्यै नभनेको बताउँदै गौतमले  भने, ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ ।’

डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त रहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?