advertisement

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा मृत्यु भएको छ।

" /> कालिकोट पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० को ज्यान गयो - Sarbocha Media

कालिकोट पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० को ज्यान गयो

`

     २०७७ भाद्र १५ गते ३:५२

काठमाडौं, १५ भदौ। कालिकोट पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको ज्यान गएको छ ।

तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको ज्यान गएको हो। घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जनाइएको छ।

आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको बताइएको छ ।

अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुने उनीहरु तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको रहेका छन् । यस्तै तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर ज्यान गएको छ ।

advertisement

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?