काठमाडाैं, १४ भदाै । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले आफूहरु अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनले पार्टी एकतालाई बलियो बनाउनेगरि प्रस्ताव गरेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,’कार्यदलले मेहनतपूर्वक आफूले प्रस्ताव तयार गर्यो । हामी दुई अध्यक्षलाई त्यो प्रस्ताव दियो । र, हामी छिट्टै नै सचिवालयको बैठकबाट त्यसलाई आवश्यक परे परिमार्जनसहित, नत्र जस्तो छ त्यस्तै अथवा जुन रुपमा हुन्छ त्यसले अगाडि बढाउँछ । र, सम्भव भए हामी स्थायी कमिटीको बैठक बस्छौं ।
कोभिड १९ को महामारी फैलिँदो छ, यस्तो अवस्थामा कुनै हेलचेक्र्याँई वा जबरजस्ती पनि गर्न सकिँदैन् । त्यसो भयो भने हामी सचिवालयबाट टुँग्याएर बस्न सम्भव भएका बेला स्थायी कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गर्ने काम गर्दै अगाडि बढ्छौं ।’ प्रस्तुत छ प्रधानमन्त्री ओलीसँग पत्रकार धमलाले गरेको कुराकानी (आंशिक) को सम्पादित अंश :
कार्यदलको प्रतिवेदन तपाईंको हातमा आईसकेको छ । अब पार्टीभित्रको विवाद सबै समाधान भयो ?
पार्टी एउटा जीवन्त संगठन हो । त्यसमा विचारका बहस, छलफल कसरी अगाडि बढ्नुपर्छ भन्ने सम्बन्धमा विभिन्न प्रकारणका दृष्टिकोणहरु आईरहन सक्दछन् । र, गरिएका कामहरुको सम्बन्धमा कहीँ कतै कमजोरी भएको कि भन्ने समिक्षात्मक कुराहर पनि आईरहन्छन् । प्रश्न कति हो भने कति समसामयिक छन् ? कति सान्दर्भिक छन् ? कति आवश्यक छन् ? कति उचित छन् ? हामीले हेर्नुपर्ने कुरा यो हो । कति विधिसम्मत, कति देश र जनताको हितमा केन्द्रित भएर आएका छन् भन्ने हो । त्यसर्थ त कुनैपनि भीन्न विचारहरु, अभिमतहरु, रायहरु प्रकट नै हुन सक्नेछैनन्, सक्दैनन भन्ने चाहीँ होईन । हुन सक्छन्, ती कति स्वस्थ छन् भन्ने कुरा हो । तीनलाई स्वस्थतातिर लानुपर्छ । अहिले दुई अध्यक्ष प्रचण्डी र म ।
अब कतिपय समस्याहरु देखापरे । बीचमा कतिपय अस्वस्थताहरु देखा परे । अलिक जग हसाँईका कामपनि विभिन्न कारणले भए । हाललाई त्यसमा को दोषी ? को निर्दोष ? त्यो करार गर्नेतिर भन्दा समिक्षा गर्दै जाउँला । हामी हरेकले आत्मआलोचक भएर अगाडि बढ्दा राम्रो हुन्छ । कसैलाई दोषारोपण गर्नेभन्दा । र, एकताको बाटोतर्फ फर्कियौं भन्ने निश्कर्षमा पुग्यौं । र, उहाँ र मैले एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाएर लिएर जान, एकता र एकीकरणको प्रक्रिया टुँग्याउन, देशमा स्थिरता र स्थायित्व कायम गर्न, शान्ति प्रक्रियालाई पूर्णता दिन, कोभिड १९ सँग प्रभावकारी ढंगले लड्न, अहिले देखापरिरहेका प्राकृतिक विपत्तिहरुसँग लड्न र सरकारका नियमित कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन हामी एकताबद्ध भएर जाने भन्ने सहमति गर्यौं ।
त्यस सहमतिलाई कसरी अगाडि जाने त ? त्यसका आधारहरु कस्ता हुनसक्छन् ? हामीले आफ्ना रायहरु पनि बनायौं । र, ती रायहरुसहित हामीले कार्यदल गठन गर्यौं । र, हामीलाई सहयोग पुर्याउनको लागि (खासगरी दुई अध्यक्षलाई एकताका यी प्रयासहरुमा सचिवालय र स्थायी कमिटीमा प्रस्तुत गर्न प्रस्तावहरु तयार गर्ने) कसरी अगाडि बढ्ने ? यो फाटोतर्फको प्रयास होईन, यात्रा होईन् । एकता र मिलनतर्फको यात्रा, सकारात्मक बाटोतिरको यात्रा कसरी अगाडि बढाउने त भन्ने सम्बन्धमा प्रस्ताव गर्न कार्यदल बनायौं ।

कार्यदलले मेहनतपूर्वक आफूले प्रस्ताव तयार गर्यो । हामी दुई अध्यक्षलाई त्यो प्रस्ताव दियो । र, हामी छिट्टै नै सचिवालयको बैठकबाट त्यसलाई आवश्यक परे परिमार्जनसहित, नत्र जस्तो छ त्यस्तै अथवा जुन रुपमा हुन्छ त्यसले अगाडि बढाउँछ । र, सम्भव भए हामी स्थायी कमिटीको बैठक बस्छौं । कोभिड १९ को महामारी फैलिँदो छ, यस्तो अवस्थामा कुनै हेलचेक्र्याँई वा जबरजस्ती पनि गर्न सकिँदैन् । त्यसो भयो भने हामी सचिवालयबाट टुँग्याएर बस्न सम्भव भएका बेला स्थायी कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गर्ने काम गर्दै अगाडि बढ्छौं ।
कार्यदलको प्रतिवेदनको कुरा गर्दाखेरि त्यसमा विधि, पद्धती, सिद्धान्त र प्रक्रियाको कुरा आएको छ, यहाँले सरकार सञ्चालन गर्दा पार्टीको कुरा सन्दै नसुनेको, अर्का अध्यक्ष प्रचण्डले भनेको कुरा यहाँले टेर्दै नटेरेको कुरा पनि समावेश गरिएको छ नि ? यहाँलाई अढाई वर्षको यो सरकारको नेतृत्व गरेको अवधिमा पार्टीले पूर्ण रुपमा सहयोग गरेको छ ? प्रचण्डले सहयोग गर्नुभएको छ ?
तपाईलाई एउटा कुरा बताउँ मैले पद्धती उल्लंघन गरेको कुरा प्रतिवेदनमा आएको छैन् । पद्धतीसम्मत ढंगले सबै चल्नुपर्छ भन्ने छ । अब अहिले पद्धतीको बहस गर्न थाल्ने हो भने (अँ) वातावरणलाई हामीले जसरी सकारात्मक दिशामा अगाडि बढाउन खोजेका छौं, त्यसमा सहयोग नपुग्न सक्छ । त्यसकारण म यो च्याप्टर ओपन गर्न चाहन्न ।
प्रक्रियासम्मत ढंगले, विधिसम्मत ढंगले र अनुशासित ढंगले पार्टी चल्नुपर्छ । पार्टी भनेको विचारबाट निर्माण हुने हो । विचारबाट संगठन निर्माण भईसकेपछि त्यो विचारको आधारमा त्यो संगठन सञ्चालन, परिचालनका विधि र प्रक्रियाहरु हुन्छन् । ती विधि र प्रक्रियाहरु अनुसार त्यो संगठन चल्नुपर्छ । अनुशासनहिन, अराजकता, पार्टीका विचारविपरितका अभिव्यक्तिहरु र कमिटीमा अभिव्यक्ति राख्नभन्दापनि सञ्चारमाध्यमहरुमा अभिव्यक्ति छरेर र सभ्यताका सीमाहरु नाघेर बोल्ने खालका परिपाटीहरु जुन ती विधि, पद्धती, प्रक्रिया कुनै सम्मत हुँदैनन् ।
त्यसकारण त्यस्ता कुराहरु कसैले गर्नुहुँदैन् । गुटबन्दी पार्टीमा गर्नुहुँदैन् । गुटका बैठक र भेलाहरु गर्नुहुँदैन् । यी सबै कुराहरु उचित होईनन् । र, अब त्यस्तो बाटोबाट होईन, ठीक विधि, प्रक्रियासम्मत बाटोबाट पार्टी अगाडि बढ्नुपर्छ भन्ने निश्कर्ष हो । सरकार ठीक ढंगले चलेको छ । केही अगाडिमात्रै केन्द्रीय कमिटीको बैठकले सरकारको कामका समिक्षा गरेको छ । अब कतिबेला कसलाई मन पर्दैन ? भन्ने कुरा त त्यो बेग्लै कुरा हो । तर, अलिक अगाडि समिक्षा भएको छ । फेरि अहिले यस प्रतिवेदनले पनि संक्षिप्त समिक्षा गरेकै छ । त्यसकारण यसलाई अब विवादको विषय बनाउने होईन । अब विवाद टुँग्याउने बाटोतर्फ हामी अग्रसर भैराखेका छौं । त्यही बाटोमा अगाडि बढ्नुपर्छ ।
तपाई प्रजातन्त्रको लागि १४ वर्ष जेल बसेको राजनेता हो, तर तपाईंमाथि गम्भीर आरोप लागेको छि यहाँले पार्टीभित्र एकलकाँटे निर्णय गर्नुहुन्छ भनेर ? सहमति खोज्नुहुन्न, छलफल गर्नुहुन्न, आफ्नो कुरा लाद्न खोज्नुहुन्छ र दम्भ छ भनेर नेताहरुले भन्न थाले नि ? के भन्नुहुन्छ ?
पहिलो कुरा हाम्रो प्रणाली कस्तो हो भन्ने कुरा थाहा पाउनुपर्छ । यो प्रणाली एक खालको अलिकति नयाँ खालको संसदीय प्रणाली नै हो । यसमा संसदीय प्रणालीका विशेषताहरुमा केही थप विशेषताहरु मिसाईएका छन् । समानूपातिक प्रणाली अािद कुराहरु मिसाईएका छन् । र, फेरि पनि यो संसदीय प्रणाली नै हो । संसदीय प्रणाली कसरी चल्छ भन्ने कुरा दुनियाँको अभ्यास छ । हाम्रो पनि अभ्यास छ । त्यसो भएर हाम्रा अभ्यासहरुमा एउटा के बुझ्नुपर्छ भने पार्टीले नीतिगत निर्देशन दिने हो ।
पार्टीसँग परामर्श हुन्छ । तर, कुन नेताले के भनेको छ त्यही नेताले भनेकै मान्दा सरसल्लाह भयो, पार्टीको आदेशअनुसार भयो र नमान्दा भएन भन्ने । पार्टीको विधिवत निर्णय कुनै एउटा उल्लंघन भएको कसैले अहिलेसम्म एउटा देखाओस ? त्यस्तो छैन कहीँ । पार्टीको कुनै निर्णय उल्लंघन भएको छैन् । हुँदैन् ।
अर्को, पार्टीले के चाहीँ निर्णय गर्ने र के चाहीँ निर्णय नगर्ने ? भन्ने कुरा प्रधानमन्त्रीय प्रणालीमा, संसदीय प्रणाली (जो प्रधानमन्त्रीय खालको, जो प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्छ) त्यस प्रणालीका आफ्ना तरिकाहरु हुन्छन् । त्यो यस प्रणालीअन्तर्गत एक ढंगले युनिभर्सल छन् । प्रधानमन्त्री भनेको अन्त गरिएका निर्णय, अरुले गरेका निर्णय लगेर क्याविनेटमा रबरस्ट्याम्पको रुपमा त्यहाँ छाप मार्ने मात्रै ठाउँ होईन् । अथवा सेरेमोनियल होईन प्रधानमन्त्री । कार्यकारी हो भन्ने कुरा बुझ्नुपर्छ ।
तर, यो प्रतिवेदनले त प्रधानमन्त्रीलाई कमजोर बनाउन खोज्यो नि त ? पार्टीले हस्तक्षेप गर्ने भनिएको छ नि ? पार्टीको निर्णयानुसार प्रधानमन्त्री अगाडि बढ्ने कुरा छ नि ? पार्टीले नै सरकार चलाउने कुरा गरिएको छ ? के भन्नुहुन्छ ?
पार्टीले सरकार चलाउने, पार्टीको सरकार हो । पार्टीले नीतिगत ढंगले सरकार चलाउँछ । तर, मन्त्रिपरिषद किन चाहियो त ? पार्टीको सचिवालय, स्थायी कमिटी भए भएन ? मन्त्रिपरिषद कनि चाहियो त ? अनि पार्टी अध्यक्ष भए पुगिहाल्यो, प्रधानमन्त्री किन चाहियो ? प्रधानमन्त्री एक जना हुन्छ । अध्यक्षमण्डल पार्टीमा बनाउन सकिन्छ । प्रधानमन्त्री मण्डल बन्दैन् । अध्यक्षद्धय बनाउन सकिन्छ । प्रधानमन्त्रीद्धय हुँदैन् । राष्ट्रपतिद्धय हुँदैन् । त्यसकारण हामीले सिष्टम बुझ्नुपर्यो पहिलो कुरा त । सिष्टम अफ गभर्नेन्स बुझुनुपर्छ पहिले के हो भनेर । र, निर्णय कहाँबाट हुन्छ र कसरी हुन्छ ? यस प्रणालीमा त्यो थाहा पाउनुपर्यो । प्रधानमन्त्रीले परामर्श गर्छ । सबैका कुरा सुन्छ । राय लिन्छ । बाहिर बुद्धिजिवीहरुसँग लिन्छ । सरोकारवालाहरुसँग लिन्छ । परामर्श थुप्रोसँग लिन्छ । मैले परामर्श दलहरुसँग लिने गर्याछु । अरु प्रतिपक्षी दल लगायतहरुसँग लिने गरेको छु । अरुसँग पनि लिने गर्याछु । र, ती सबै कुराहरुलाई लिएर फेरि पार्टीमा परामर्श गर्ने गर्याछु । छलफल गर्ने गरेको छु । सरकार र पार्टी एउटै होईन् । त्यहाँनिर भिन्नता छ । त्यसकारण त्यो भीन्नताअनुसार चल्छ । त्यो कुरा हामीले थाहा पाएरनै अगाडि बढ्नुपर्छ । अब आश्चर्यलाग्दोगरि जसले पनि जे पायो त्यही बोल्ने गर्या छ । त्यो परिपाटी रोक्नुपर्छ । पहिले बुझ्नुपर्यो । थाहा पाउनुपर्यो । थाहा नपाईकन त्यो बोल्ने कुरा उचित होईन् । यसमा आजको बहस चलाएर समय खेर फाल्नुपनि छैन् मेरो विचारमा । यो कतिपय अभ्यास नभएका साथीहरु, नगरेका साथीहरु ती साथीहरुले त्यो अभ्यासलाई सिक्दै जाने कुरा हो । जसमा त्यो अनुभवको कमी छ । ज्ञानको कमी छ ।
स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक बोलाएर अब यो प्रतिवेदन पारित गर्ने गरेर जान सक्ने अवस्थामा तपाई हुनुहुन्छ ? अहिलेको आवश्यकत्ता हो र ?
यो प्रतिवेदन भनेको के हो भन्ने कुरा बुझ्नुपर्यो । यो पार्टीको विचारधारात्मक महाधिवेशनको प्रतिवेदन होईन । पारित किन गर्न नसक्नु ? पास त सबै ठाउँमा हुन्छ । तर, यो त्यसरी पास गर्नुपर्ने प्रतिवेदन होईन् । यो अहिलेको समस्या समाधानको लागि, अहिले जुन समस्या एउटा अनावश्यक ढंगले देखापर्यो । यो दुःखद् पक्ष हो । देखा नपर्नुपर्दथ्यो यस्तो समस्या । समस्या देखा पर्नुपर्ने कुनै कारण नै छैन् । तर, व्यक्तिगत कारणहरु होलान व्यक्तिका । आकांक्षाका प्रश्नहरु होलान् । आकांक्षाका प्रश्नहरुलाई पार्टी, सरकार सञ्चालनका प्रश्नहरुसँग जोडेर त्यहाँ व्यवधान पुग्नेगरि देशको कार्यसञ्चालन, सरकार सञ्चालन, वा सिंगो पार्टी सञ्चालन, एकताको प्रक्रियामा व्यवधान पुग्नेगरि आफ्ना ईच्छा, आकांक्षाहरुलाई बढि महत्व दिएर यस्ता राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय महत्वका चीजहरुमा, जनसरोकारका विषयमा, आम जनताको हितहरुको विषयमा कुनै प्रकारको व्यवधान पुग्नेगरि चल्न हुँदैन् । प्रश्न त्यो हो । त्यसकारण अहिलेको जुन हामीले कार्यदल बनाएका छौं । त्यो कार्यदलको प्रतिवेदन छ, त्यो त्यससँग सम्बन्धित छ । यसर्थ यो महाधिवेशनमा लगेर पास गर्नुपर्ने, केन्द्रीय कमिटीमा पास गर्नुपर्ने त्यस्तो कुरा होईन् । यो नेताहरुको बीचमा देखिएको असमझदारी कसरी हल गर्ने, अन्त्य गर्ने ? समस्या जे देखिएका छन, ती कसरी अन्त्य गर्ने ? विवाद जो खडा गरिएको छ, त्यो विवादलाई कसरी साम्य पार्ने ? विधिको कुरा जुन उठाईएको छ, विधि भनेको के हो ? त्यसलाई कसरी ठिक बाटोतिर लाने ? ठीक बुझाईतिर लाने कसरी ? यी प्रश्नहरुको सम्बोधन यस प्रतिवेदनले गर्छ ।
तपाई र अर्को अध्यक्ष प्रचण्डबीचको असमझदारी अन्त्य भएको हो ? अब सहकार्य गरेर जान पूर्ण रुपमा समझदारी भएकै हो ? सहकार्यको हात मिलाएर जाने हो ?
अवश्य । (हात त अहिले कोरोनाले गर्दा मिलाउन हुँदैन्) ।
तपाई र प्रचण्डको अब मन मिल्छ ? असमझदारी अन्त्य भैसकेको हो ?
अवश्य । मिलिसक्यो । असमझदारी अन्त्य भयो । अब असमझदारी छैन् । मनमनै हात मिलाउन भन्नुहुन्छ भने त्यो पनि मिल्छ । तर, सोझै मिल्दैन् ।
दुई तिहाई बहुमत नेतृत्वको सरकारको नेतृत्व गर्ने अवसर यहाँले पाउनुभयो । अहिले सरकार सञ्चालनको लागि अर्का अध्यक्ष प्रचण्डबाट पूर्ण सहयोग पाउनुभएको छ ?
यो बीचमा केही अन्तरविरोधहरु भएका बखत विरोधको पक्ष जगजाहेर छ । अब त्यस्तो बेलामा विरोधको पक्ष प्रमुख रुपमा अगाडि आएको बेलामा पनि त्यो पनि सहयोग नै थियो भन्नु त्यो बनावटी कुरा हुन्छ । यस्ता केही सन्दर्भहरुबाहेक मैले असहयोग पाएको छैन् । सहयोग पाएको छु उहाँबाट । र, अब झन पारस्परिक सहयोगका साथ अगाडि बढ्ने समझदारी विकास भएको छ ।
त्यसो भए नेकपाभित्र अब पदीय भागबण्डा मिल्यो ?
भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीतिक गरिराखेका छैनौं । गर्नुपनि हुँदैन् । प्रश्न भागबण्डाको होईन् । कसले लियो ? र कसले के छोड्यो र ? केही लिने, केही छाड्ने गरेको छैन् । आज देशको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । महशुस गरिएको हो । आज मिलेर जानु आवश्यक छ । समझदारीपूर्वक जानु आवश्यक छ । सधैं म भइरहने होईन । अरुपनि साथीहरु पछि आएर हुँदै जानुहुन्छ । पछि हुँदै जाने कुरालाई कुनै भागबण्डा भन्नु भएन । पछि त स्वभाविक रुपमा हुँदै जानुहुन्छ नि साथीहरु । त्यसलाई भागबण्डा भन्नु भएन । त्यसो गर्दा कोही घाम, जुन रहिञ्जेलसम्म अध्यक्ष भइरहने, कोही घाम, जुन रहिञ्जेलसम्म प्रधानमन्त्री भैरहने, राष्ट्रपति भैरहने, मन्त्री भैरहनेजस्तो कुरा त हुँदैन् । मुख्यमन्त्री भैरहने भन्ने कुरा त हुँदैन् । यी सबै कुराहरु चाहीँ आवद्यिक हुन् ।
तपाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै रहने भनिएको छ । यहाँ पाँच वर्ष नै प्रधानमन्त्री हुनुहुन्छ, अब प्रचण्डलाई के अधिकार दिँदै हुनुहुन्छ ? जनता जान्न चाहन्छन् ?
उहाँले अहिले पार्टीको सञ्चालनमा आफूलाई मुख्य रुपमा केन्द्रित गर्नुहुनेछ । कार्यकारी अधिकारसहित अथवा उहाँलाई कुनै अधिकार हुँदैन कि भन्ने होईन । कार्यकारी अधिकारसहित उहाँले काम गर्नुहुनेछ । त्यसमा हामीले मंसिर ४ गते नै एउटा समझदारी गरिसकेका थियौं । बीच विभिन्न कारणहरुले गर्दा त्यो समझदारीमा केही त्यसमा अलिकति तलमाथि पर्लाजस्तो स्थिति भयो । तर, हामी फेरि पनि त्यसै विन्दुमा छौं । जे औपचारिक ढंगले सहमति र निर्णय हामीले गरेका थियौं । त्यसैमा हामी छौं । त्यसकारण त्यसबाट तलमाथि हुनपरेको छैन् ।
अब पार्टी चलाउने प्रचण्ड र सरकार चलाउने तपाईंले हो ?
त्यस्तै पनि होईन । किनभने प्रधानमन्त्री म हुँ । तर, पार्टी पनि समझदारीसाथ चल्छ । सरकार पनि समझदारीसाथ चल्छ । एउटा प्रश्न के हो भने पार्टीमा अध्यक्ष दुई वटा हुन्छ । दुई वटा छ । दुई वटा अध्यक्षले अथिरिटी एक्सरसाईज गर्छन् । तर, सरकारमा प्रधानमन्त्रीले प्रधानमन्त्रीको हैसियतामा एक्लै अथिरिटी एक्सरसाईज गर्छ । यसको अर्थ होइन, सरकार मैले एक्लै एकलौटी ढंगले आफ्नै ढंगले मनपरी गर्छु भन्ने होईन । यद्धपी प्रधानमन्त्री अथिरिटी सहित हुन्छ । त्यो कुनै रबरस्ट्याम्प होईन । त्यसले जनताको सार्वभौमसत्तासम्पन्न जनताको अधिकारको प्रतिनिधित्व गर्दै निर्वाचित संसदबाट, जनप्रतिनिधिहरुबाट त्यो जनताको अधिकार समेत पठाएर प्रधानमन्त्री निर्वाचित गर्छ । र, प्रधानमन्त्रीले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ । र, मन्त्रिपरिषदले नेपाल सरकारको हैसियतामा देश सञ्चालन गर्छ । यता पार्टीमा, यसो गरिरहँदाखेरि पार्टीका नेताहरुको भूमिका हुँदैन या अर्को अध्यक्षको भूमिका हुँदैन, प्रचण्डजीको भूमिका हुँदैन होईन, भूमिका हुन्छ । उहाँ र म, छलफल र पारस्परिक परामर्श, सल्लाह, सहमति त्यस बाटोबाट अगाडि जान्छौं । सरकार सञ्चालनको सम्बन्धमा पनि । तर, उहाँ प्रधानमन्त्रीको हैसियतामा होईन । एउटा अध्यक्षको हैसियतामा उहाँले रुचि राख्नुहुन्छ । नीति निर्माणमा, निर्णय प्रक्रियामा अनौपचारिक ढंगले सहमति जनाउनुहुन्छ । सहमतिमा जानुहुन्छ । छलफलमा भाग लिनुहुन्छ । तर, प्रधानमन्त्रीको हैसियतले मैले गर्छु । उहाँले कार्यकारी अध्यक्षको हिसाबले गर्नुहुन्छ । मैले पनि उहाँसँग छलफल गर्छु । उहाँले पनि सहमतिको साथ पार्टी चलाउनुहुन्छ । र, दुई अध्यक्ष छन् भन्ने कुरा हामी ध्यान राखेरै त्यसमा असमझदारी नआओस भन्ने कुरालाई ख्याल राखेरै चलाउँछौं । र, मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ । किनभने उहाँ त्यसमा केन्द्रित हुने, त्यो हामीले पहिलेदेखि नै भनेका छौं । दुई अध्यक्षमध्ये एक अध्यक्ष सरकारमा पनि हामी छौं, एक अध्यक्ष प्रधानमन्त्री भएको हुनाले सरकारको काममा बढि केन्द्रित हुन्छ । अर्को अध्यक्ष प्रधानमन्त्री नभएको हुनाले पार्टीको काममा बढि केन्द्रित हुन्छ ।




