advertisement

अस्पतालमा अहिले ५ जना कोरोना स‌ंक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित १० पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एक/ एक जना छन् ।

" /> चितवनमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु - Sarbocha Media

चितवनमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

`

     २०७७ भाद्र १४ गते ९:१३

 चितवन, १४ भदौ । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ बर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

advertisement

अस्पतालमा अहिले ५ जना कोरोना स‌ंक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित १० पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एक/ एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?