रुपन्देही, १४ भदौं । रुपन्देहीमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आज (आइतबार) मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ः३५ बजे अस्पताल भर्ना भएका थिए ।
उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए । मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।




