advertisement

नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको बताइएको छ ।

" /> कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु - Sarbocha Media

कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु

`

     २०७७ भाद्र १४ गते ६:४९

वीरगञ्ज, १४ भदौ । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको हो । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनमा पुरानो मधुमेहका रोग पनि थियो । उनमा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

advertisement

नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?