advertisement

यसैगरी गण्डकी प्रदेशको रुपा सुनारलाई , ५ नम्बर प्रदेशको कृति आर्यन विश्वकर्मालाई , कर्णाली प्रदेशको टीका सोनीलाई र ज्ञानेन्द्र विश्वकर्मालाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।

" /> 'जात व्यवस्था उन्मुलन मोर्चा नेपाल' अन्तर्गत बागमती उपत्यका सम्पर्क समिति गठन - Sarbocha Media

‘जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’ अन्तर्गत बागमती उपत्यका सम्पर्क समिति गठन

`

     २०७७ भाद्र १४ गते ३:००

काठमाडौं, १४ भदौ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपालको ‘जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’ अन्तर्गत बागमती उपत्यका सम्पर्क समिति गठन गरिएको छ ।

भर्चुअल माध्यम जुमबाट उक्त समिति गठन गरिएको हो । पाँच सदस्यपछि थप गर्ने गरी महावीर विश्वकर्मको संयोजकत्वमा जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अन्तर्गत बागमती उपत्यका सम्पर्क समिति गठन गरिएको जनाइएको छ ।

यो समितिमा देशका विभिन्न भागबाट काठमाडौंमा आएर क्रियाशील रहेका, सो पार्टीको ‘जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल’ अन्तर्गतका सदस्यहरु रहने छन् । समितिले प्रदेश सम्पर्क समिति, जिल्ला सम्पर्क समिति बनाउँदै अगाडी बढ्नेछ ।

शुक्रबारको भेलाले प्रदेश सम्पर्क समिति बनाउनको लागि चन्द्र मोतेलाई १स नम्बर प्रदेशको, राजकुमार मालेलाई २ नम्बर प्रदेशको, रेखा विश्वकर्मालाई बागमती प्रदेशको भेला संयोजनको जिम्मा दिएको छ ।

advertisement

यसैगरी गण्डकी प्रदेशको रुपा सुनारलाई , ५ नम्बर प्रदेशको कृति आर्यन विश्वकर्मालाई , कर्णाली प्रदेशको टीका सोनीलाई र ज्ञानेन्द्र विश्वकर्मालाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?