advertisement

इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । योसँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टिको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

" /> काभ्रेमा एउटै वडामा एक सय ३ मा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

काभ्रेमा एउटै वडामा एक सय ३ मा कोरोना संक्रमण पुष्टि

`

     २०७७ भाद्र १३ गते २:१२

काभ्रे, भदौ १३ । काभ्रेमा एउटै वडामा एक सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको जनाइएको छ । शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङघीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको उक्त क्षेत्रमा सङक्रमणको दर बढ्दो छ ।

advertisement

इस्पानल इन्जुरी अस्पतालका ६८ जनामा सङक्रमण पुष्टि भएको छ । त्यस्तै सङघीय प्रहरीका १९ जना, अस्पतालका सम्पर्कमा रहेका १२ जना र अन्य चारमा सङक्रमण पुष्टि भएको छ । योसँगै बनेपा नगरपालिकामा मात्र १२६ जनामा सङक्रमण पुष्टिको बनेपा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?