काठमाडौं, १२ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९५ पुगेको हो। मन्त्रालयका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३३४ महिला र ५९३ पुरुष गरेर २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १० हजार २२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।




