advertisement

अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिएका छन् । कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।

" /> नेकपाका अध्यक्षद्वय ओली र दाहालद्वारा सचिवालय बैठक आह्वान - Sarbocha Media

नेकपाका अध्यक्षद्वय ओली र दाहालद्वारा सचिवालय बैठक आह्वान

`

     २०७७ भाद्र १० गते १२:५४

काठमाडौंँ, भदौ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाएका छन् ।

नेकपाका अध्यक्षद्वयले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालय बैठक बाएका हुन् ।

प्रतिवेदनमाथि छलफलका लागि यही भदौ १३ गते सचिवालयको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे । कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

advertisement

अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिएका छन् । कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?