काठमाडौं, ९ भादौ। नेपालमा कोरोना भाइरसका आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५३३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनु भयो ।

आजसम्म २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् । आज ३ सय १३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।




