काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेस सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणबाट निधन भएको छ । सभापति रञ्जित ज्यूको कोरोनाका कारण गए राति निधन भएको जनाएको छ ।

उनलाई कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनकारी दिए ।
१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जननकारी दिए ।




