advertisement

यसअघि कोइराला २०७२ सालमा भएको १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेका थिए। त्यसबेला पौडेल देउवासँग हारे, कोइराला महामन्त्रीमा विजयी भएका थिए।

कोइरालाले आउँदो महाधिवेशनमा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई पराजित गर्न नसक्ने पनि बताएका छन्।

उनले भने, ‘व्यक्तिगत हिसावले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोहि व्यक्ति छ भने त्यो म नै हुँ ।’ ‘रामचन्द्र दाइले पनि सक्नु हुन्न।’

कोइरालाले सभापतिमा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला उठ्ने चर्चा भए पनि आफूले मात्रै शेरबहादुर देउवालाई हराउने सक्ने बताएका छन् । उनले फेरी पनि भन ‘म ग्यारेन्टीका साथ भन्न चाहन्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन, ।’

उनले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले धमाधम विभाग गठन गरेकोमा असन्तुष्टि जनाए। देउवाले अरूका कुरा नसुनेर मनलाग्दी गरेको कोइरालाको दाबी छ।

उनले आफू सभापति भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाउने बताउनु भयो । साथै फागुन ७ देखि नै महाधिवेशन गर्ने पक्षमा आफू रहेको पनि कोइरालाले बताउनु भयो।

" /> अरूले सक्दैनन्, देउवालाई हराउने म हुँ : शशांक कोइराला - Sarbocha Media

अरूले सक्दैनन्, देउवालाई हराउने म हुँ : शशांक कोइराला

`

     २०७७ भाद्र ०८ गते १२:४९

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू १४ औं महाधिवेशनमा सभापति उठ्ने बताएका छन्।

कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा हुँदैछ। आउँदो महाधिवेशनमा फेरि पनि सभापति पदमा शेरबहादुर देउवा उठ्ने चर्चा छ।

देउवालाई पराजित गर्न आफू सभापति पदमा उठ्न लागेको महामन्त्री कोइरालाले बताएका छन् । न्युज एजेन्सी नेपालसँग सोमबार कुराकानी गर्दै महामन्त्री कोइरालाले सभापति उठ्ने धेरैको इच्छा भए पनि शेरबहादुर देउवालाई आफूले मात्रै हराउन सक्ने दाबी गरेका छन्।

advertisement

यसअघि कोइराला २०७२ सालमा भएको १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेका थिए। त्यसबेला पौडेल देउवासँग हारे, कोइराला महामन्त्रीमा विजयी भएका थिए।

कोइरालाले आउँदो महाधिवेशनमा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई पराजित गर्न नसक्ने पनि बताएका छन्।

उनले भने, ‘व्यक्तिगत हिसावले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोहि व्यक्ति छ भने त्यो म नै हुँ ।’ ‘रामचन्द्र दाइले पनि सक्नु हुन्न।’

कोइरालाले सभापतिमा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला उठ्ने चर्चा भए पनि आफूले मात्रै शेरबहादुर देउवालाई हराउने सक्ने बताएका छन् । उनले फेरी पनि भन ‘म ग्यारेन्टीका साथ भन्न चाहन्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन, ।’

उनले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले धमाधम विभाग गठन गरेकोमा असन्तुष्टि जनाए। देउवाले अरूका कुरा नसुनेर मनलाग्दी गरेको कोइरालाको दाबी छ।

उनले आफू सभापति भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाउने बताउनु भयो । साथै फागुन ७ देखि नै महाधिवेशन गर्ने पक्षमा आफू रहेको पनि कोइरालाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?