वीरगञ्ज, ८ भदौ। वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएका छ। उनको उपचारका क्रममा मृत्यु भएको हो ।
पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तीमध्ये २९ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाएकी उनमा क्षयरोग थियो । र प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




