advertisement

कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो ।

" /> अब कक्षा ११ का विद्यार्थीहरुले संकायका आधारमा पढ्न नपाइने, विद्यालय मातहतमै पढाई हुने - Sarbocha Media

अब कक्षा ११ का विद्यार्थीहरुले संकायका आधारमा पढ्न नपाइने, विद्यालय मातहतमै पढाई हुने

`

     २०७७ भाद्र ०७ गते ३:४७

काठमाडौँ, भदौ ७ । अब कक्षा ११ का विद्यार्थीहरुले संकायका आधारमा पढ्न नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट पढाई नहुने भएको छ ।

यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने बताइएको छ । । अब
भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइने तर सङ्कायका आधारमा त्यसलाई मान्यता नदिइने भएको हो ।

यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ ।

advertisement

कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?