काठमाडौं,६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेता नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको छ । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ जनाइएको छ ।

संक्रमित सबै आएसोलेसनमा गएका छन् । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको र परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।




