एजेन्सी, ६ भदौं । विश्वले कोरोना भाइरसको महामारीबाट चाँडै छुटकारा पाउने सम्भावना रहेको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारी भन्दा छिटो नियन्त्रणमा आउने बताएका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताएका हुन् ।




