काठमाडौँ, ६ भदौ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८ लाख बढी व्यक्तिको ज्यान गइसकेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांका अनुसार हालसम्म विश्वभर ८ लाख २ हजार ३७२ जनाको भाइरस संक्रमणको कारण मृत्यु भएको । पछिल्लो २४ घण्टा विश्वरभर कोरोना संक्रमणका कारण ५ हजार ८३४ मानिसको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिका र ब्राजिलमा तथा त्यसपछि भारत र मेक्सिकोमा कोरोनाका कारण मानिसहरू मरेका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट बिहीबार १ हजार १७० जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार २०० पुगेको छ । त्यहाँ ५० हजार ४५५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५७ लाख ९६ हजार ७२७ पुगेको छ । यस्तै त्यहाँ हालसम्म ३१ लाख २७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् ।

यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ३१ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १ लाख १३ हजार ४५४ पुगेको छ । त्यहाँ ३१ हजार ३९१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म ३५ लाख ३६ हजार मानिस संक्रमित भएकोमा २६ लाख ७० हजारभन्दा निको भइसकेका छन् भने बाँकी ७ लाख ५२ हजारबढी सक्रिय संक्रमित रहेका छन् ।




