काठमाडौं, ४ भदौ । उपत्यका निषेधाज्ञा आज बैंक खोल्न नदिइने भएको छ।
प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको हो ।
काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंक नखोल्ने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो ।
सिमित कर्माचारी राखेर बैंक खोल्न दिइने र कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि प्रहरीले बाटोमा रोकेर राखेको बताइएको छ ।




