advertisement

वीरगञ्जको रेशमकोठी निवासी ती महिलाको विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार भइरहेकोमा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।

ती महिला अनियन्त्रित मधुमेह र निमोनियाबाट पीडित थिइन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा यसअघि ६ जनाको मृत्यु भएको थियो । थप दुई जनासहित आज (बुधबार) कोरोनाका कारण आड जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ ।

" /> कोरोनाबाट काठमाडौंका पुरुष र पर्साकी महिलाको मृत्यु, आजै आठ जनाको निधन - Sarbocha Media

कोरोनाबाट काठमाडौंका पुरुष र पर्साकी महिलाको मृत्यु, आजै आठ जनाको निधन

`

     २०७७ भाद्र ०३ गते १:३९

काठमाडौं, ३ भदौं । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । कोरोनाबाट आज (बुधबार) थप काठमाडौं एक पुरुष र पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट बुधबार काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो । भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए ।

यस्तै पर्साको वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

advertisement

वीरगञ्जको रेशमकोठी निवासी ती महिलाको विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार भइरहेकोमा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।

ती महिला अनियन्त्रित मधुमेह र निमोनियाबाट पीडित थिइन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा यसअघि ६ जनाको मृत्यु भएको थियो । थप दुई जनासहित आज (बुधबार) कोरोनाका कारण आड जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?