advertisement

संक्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना छन्। बुधबार ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।

मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।

" /> काठमाडौं उपत्यकामा थपिए १ सय ५९ कोरोना संक्रमित - Sarbocha Media

काठमाडौं उपत्यकामा थपिए १ सय ५९ कोरोना संक्रमित

`

     २०७७ भाद्र ०३ गते १०:५१

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

advertisement

संक्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना छन्। बुधबार ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।

मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?