advertisement

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।

" /> नेकपाका सांसद यज्ञबहादु बोगटीलाई कोरोना संक्रमण - Sarbocha Media

नेकपाका सांसद यज्ञबहादु बोगटीलाई कोरोना संक्रमण

`

     २०७७ भाद्र ०३ गते ९:३९

काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि छ। अछाम- २ बाट निर्वाचित बोगटीले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।

ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए ।

advertisement

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?