वीरगन्ज, ३ भदौ । पर्सामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार राति वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार रातिको परीक्षणमा पर्साको बहुदरमाइ नगरपालिकामा मात्रै थप ९० जनामा संक्रमण पुष्टि भएको छ। बहुदरमाइ नगरपालिका–५ मा मात्रै ६५ जना, वडा नम्बर २ मा २० जना, वडा नम्बर ३ मा ३ जना र त्यहिकै स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको जनाइएको छ।
यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका ६ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। पर्साकै जीराभवानी गाँउपालिका–२ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका – ५ का १ जनामा पनि संक्रमण पुष्टि बताइएको छ ।

वीरगन्ज महानगरपालिका–१६ नगवाका २ जना, वडा नम्बर ५, १० , १२ र २५ का १/१ जना तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय १ जना पुरुषमा पनि संक्रमण भेटिएको हो।




