काठमाडौं, २ भदाै । जिल्लामा कोरोना संक्रमण देखिएको एक वृद्धको अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो। कोरोनाबाट मृत्यु भएका वृद्धको शव मंगलबार नै काठमाडौं विद्युतिय शव गृहमा अन्तेयष्टी गरिएको छ।
धुलिखेल नगरपालिका-७ घर भएका ९८ बर्षीय वृद्धको परिवारमा ९ जनामा कोरोना देखिएको छ । कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारमा मंगलबार थप ७ जनामा गरि ९ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना देखिएको दुई जना छोरा बुहारी होम क्वारेन्टाईनमा बानेश्वारमा रहेको र मंगलबार कोरोना संक्रमण पुष्टि भएका ७ जना धुलिखेल अस्पतालमा थप उपचारको लागि आईसोलेसन राखिएको डा नरेन्द्र कुमार झाले जानकारी दिए।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ। यस अघि पाँचखाल नगरपालिका-१ एक महिलाको कोरोना संक्रमण बाट काठमाडौंमा मृत्यु भएको थियो। मंगलबार सम्ममा जिल्लामा कोरोना संक्रमितको संख्य ९४ जना पुगेको छ। कोरोना संक्रमण देखिएको ३५ जना उपचारपछि घर फर्किसकेको र ५७ जना संक्रमितहरुको बिभिन्न अस्पतालहरुको आईसोलेसनहरुमा थप उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।




