advertisement

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।

" /> काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण - Sarbocha Media

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

`

     २०७७ भाद्र ०२ गते ११:३२

काठमाडौं, २ भदौ  ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।सोमबार मात्रै १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जना गरी कुल २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.’जागेश्वर गौतमले जानकारी दिए।

advertisement

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?