काठमाडौं, ०२ भदौ। सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ पुगेको छ भने चाँदीको प्रतितोला भाउमा ६५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।




