काठमाडौं, ०२ भदौ। नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोनाबाट ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ज्यान गएको हो ।
नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीमा कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए ।

उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिरहको समयमा श्वासप्रश्वासमा समस्या आएपछि ज्यान गएको जनाइएको छ।




