advertisement

बन्द रहेका सेवा सुरु गर्नुअघि अस्पतालले सबै चिकित्सक तथा कर्मचारीहरुको कोरोना परीक्षण गराउन स्वाब संकलन गरेको जनाएको छ। अन्य कर्मचारीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिए बन्द सेवा तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको मेसु उपाध्यायले भने।

आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचार सेवा प्रभावित भएको उनले बताए। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक माग गर्दा पनि मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया नजनाएको गुनासो उनको छ।

‘जनशक्तिका लागि केन्द्र सरकारसँग हामीले पटक-पटक कुरा गर्‍यौं। स्वास्थ्य मन्त्रालयमा पत्राचार पनि गरिसकेका छौँ। तर अहिलेसम्म हामीले प्राप्त गर्न सकेका छैनौँ,’ मेसु डा उपाध्यायले भने।

" /> नारायणी अस्पतालका ७० स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द - Sarbocha Media

नारायणी अस्पतालका ७० स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द

`

     २०७७ भाद्र ०१ गते ८:३३

काठमाडौं, १ भदाै । ७० जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि ५ सय बेड क्षमताको नारायणी अस्पतालको उपचार सेवा प्रभावित भएको छ। संक्रमणको जोखिम तीव्र रूपमा बढेको र धेरै स्वास्थ्यकर्मी नै एकैपटक आइसोलेसनमा जानु परेकाले अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा मदनकुमार उपाध्यायले बताए।

‘अहिले हामीले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेका छौँ। अस्पतालमा भर्ना भएका बिरामीमा धेरैजसो कारोना पोजिटिभ देखिएको छ। हाम्रै अस्पतालका ७० कर्मचारीमा पनि कोरोना देखिएको छ,’ मेसु डा उपाध्यायले भने।

कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना चिकित्सक, १० जना नर्स, पारमेडिक्स १५ जना, सहयोगी, प्रशासनका कर्मचारी, फार्मेसी, एक्स रे, ल्याबलगायतका कर्मचारी छन्। सबैजसो विभागका कर्मचारीहरुमा कोरोना देखिन थालेपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ।

advertisement

बन्द रहेका सेवा सुरु गर्नुअघि अस्पतालले सबै चिकित्सक तथा कर्मचारीहरुको कोरोना परीक्षण गराउन स्वाब संकलन गरेको जनाएको छ। अन्य कर्मचारीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिए बन्द सेवा तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको मेसु उपाध्यायले भने।

आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचार सेवा प्रभावित भएको उनले बताए। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक माग गर्दा पनि मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया नजनाएको गुनासो उनको छ।

‘जनशक्तिका लागि केन्द्र सरकारसँग हामीले पटक-पटक कुरा गर्‍यौं। स्वास्थ्य मन्त्रालयमा पत्राचार पनि गरिसकेका छौँ। तर अहिलेसम्म हामीले प्राप्त गर्न सकेका छैनौँ,’ मेसु डा उपाध्यायले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?