डोटी, भदौ ० १ । अछाममा एकै परिवारका चार जनालाई खोलाले बगाएर ज्यान गएको छ ।
अछामको नरहरिनाथ खोलाले बगाएर ज्यान जानेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

प्रहरीका अनुसार अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो।
लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु जनाइएको छ ।




