advertisement

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत सबैको बिहीबार स्वाब संकल गरेर परीक्षण गरिएको थियो । उनीहरुको शनिबार बिहान पीसीआर रिपोर्ट आएको थियो । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको प्रहरी प्रवक्ता तथा एसएसपी कुवेर कडायतले बताए ।

एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको एसएसपी कडायतले बताए ।

" /> दुई उच्च प्रहरी अधिकृतसहित ३७ जनामा कोरोना पुष्टि - Sarbocha Media

दुई उच्च प्रहरी अधिकृतसहित ३७ जनामा कोरोना पुष्टि

`

     २०७७ श्रावण ३२ गते ८:४६

काठमाडौं, ३२ साउन। नेपाल प्रहरीका दुई उच्च प्रहरी अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि कोरोना संक्रमण भएको छ ।

 

advertisement

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत सबैको बिहीबार स्वाब संकल गरेर परीक्षण गरिएको थियो । उनीहरुको शनिबार बिहान पीसीआर रिपोर्ट आएको थियो । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको प्रहरी प्रवक्ता तथा एसएसपी कुवेर कडायतले बताए ।

एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको एसएसपी कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?