एजेन्सी, ३२ साउन । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालय अनुसार हालसम्म भारतमा ४९ हजार ९ सय ८० को मात्रै ज्यान गएको पुष्टि गरेको छ ।

यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ । १८ लाख ६२ हजार भने उपचारपछि निको भएका छन् ।




