advertisement

अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको आशंका गरिएको छ । कल्पनाले साचिक्कै लिएको हो वा होइन भन्ने अहिलेसम्म खुलेको छैन । प्रहरीका अनुसार यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको खुलेको छ ।

" /> गोंगबु हत्याकाण्ड प्रकरण : कल्पनाले कृष्णबहादुरको ६० लाख बढी चलाएको आशंका - Sarbocha Media

गोंगबु हत्याकाण्ड प्रकरण : कल्पनाले कृष्णबहादुरको ६० लाख बढी चलाएको आशंका

`

     २०७७ श्रावण ३२ गते ४:२६

काठमडौं, ३२ साउन । कृष्णबहादुर बोहोराको हत्य गरेकी कल्पना मुडभरी पौडेले बोहोराको पैसा लाएको आशंक गरिएको छ। कल्पनाले बोहोराको ६० लाख बढी रकम चलाएको आशंका गरिएको छ ।

२४ साउनमा आफ्नो डेरामा आएका कृष्णबहादुरलाई कल्पनाले हत्या गरेकी थिइन् । आइतबार बोहराको शव सुटकेशमा, टाउको र गोडा जेब्रा झोलामा लगेर फालिएकी थिइन् । हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् ।प्रहरीलाई दिएको बयानमा कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दुःख दिन थालेपछि हत्यासम्म गरेकी बयान दिइन् ।

अनुसन्धानको क्रम्मा हत्या आरोपमा पक्राउ परेकी कल्पनाको आर्थिक हैसियत कमजोर रहेको पाइएको छ । कृष्णबहादुरका परिवारले पनि कल्पनाले पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको छ ।

advertisement

अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको आशंका गरिएको छ । कल्पनाले साचिक्कै लिएको हो वा होइन भन्ने अहिलेसम्म खुलेको छैन । प्रहरीका अनुसार यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?