काठमाडौं, ३१ साउन । सरकारले अब काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ । हिजो राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्मका लागि निषेध कायम रहने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमले उपत्यकालाई आक्रान्त पारेको र संक्रमण फैलने सम्भावना झनै बढेकोले यस्तो निर्णय लिइएको हो ।

बैठकले खुल्ला स्थानमा भेला जम्मा, भीडभाड गर्न, सभा जुलस, जात्रा मनाउन लगायतमा निषेध गरिएको छ। विज्ञप्तिअनुसार निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुनेछ ।




