advertisement

यसअघि जेठ ३१ गते पनि वीरगन्जको घण्टाघरस्थित पार्क परिसरमा वेवारिसे अवस्थामा मृत भेटिएका एक युवकमा पनि संक्रमण पुष्टि भएको थियो। ती युवकको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन्।

बुधबार बारा घर भएका मृतक पुरुषमा संक्रमण पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। साउनमा मात्रै पर्सामा १९ जनाको मृत्यु भएको हो।

" /> वीरगन्जमा सडकमै मेरेकामा पनि काेराेना भेटिन थाले - Sarbocha Media

वीरगन्जमा सडकमै मेरेकामा पनि काेराेना भेटिन थाले

`

     २०७७ श्रावण २८ गते १२:३१

वीरगन्ज, २८ साउन । वीरगन्जको सडकमा मङगलबार मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही गाउँ घर भएका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

वीरगन्ज महानगरपालिका-१६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकको सडकमा मङगलवार दिउसो उनि मृत अवस्थामा फेला परेका थिए। शवको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। बुधबार साँझ प्रयोगशालाले दिएको रिपोर्टमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

advertisement

यसअघि जेठ ३१ गते पनि वीरगन्जको घण्टाघरस्थित पार्क परिसरमा वेवारिसे अवस्थामा मृत भेटिएका एक युवकमा पनि संक्रमण पुष्टि भएको थियो। ती युवकको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन्।

बुधबार बारा घर भएका मृतक पुरुषमा संक्रमण पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। साउनमा मात्रै पर्सामा १९ जनाको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?