advertisement

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ ।

" /> सुनको मूल्य एकैदिन ६ हजार २ सयले घट्यो - Sarbocha Media

सुनको मूल्य एकैदिन ६ हजार २ सयले घट्यो

`

     २०७७ श्रावण २८ गते ९:५२

काठमाडौं, २८ साउन । लगातार उकालो लागेको सुनको भाउ एकैदिन ६ हजार रुपैयाँले घटेको छ । मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएकाे हो ।

सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

advertisement

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?