विराटनगर, २८ साउन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका थप एक पुरुष पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।
कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जनाइएको छ। मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा रहेको बताइएको छ ।
श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भीर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।




