काठमाडौं, २८ साउन। ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ।
संक्रमित मृतक जनकपुरकी महिला रहेको जनाइएको छ । उनको कोरोनाबा ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले बुधबार पुष्टि गरेको छ ।
मृतक महिला यही साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।




