बुटवल,२८ साउन। बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा गएराति दुई जनाको ज्यान गएको छ।
मृत्यु हुनेहरु कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन् ।
साउन २५ गते अस्पताल भर्ना भएका गुप्तामा कोरोना संक्रमण पुष्टि भएको थियो । र साउन २७ गते अस्पतालमा भर्ना भएका तेलीको स्वाब परीक्षण हुन बाँकी नै भएको जनाइएको छ । दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको बताइएको छ ।





