advertisement

रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दैआएको छ । यही महिनाको सुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ । र अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो । विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो ।

" /> रुसले बनायो कोरोनाको स्थायी प्रतिरक्षामुलक खोप - Sarbocha Media

रुसले बनायो कोरोनाको स्थायी प्रतिरक्षामुलक खोप

`

     २०७७ श्रावण २७ गते १२:१९

मस्को, २७ साउन ।  रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ ।

यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन् ।

पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् । पुटिनले अघि भनेका छन्, ‘मेरी एक छोरीलाई पनि यो खोप लगाइएको थियो । यसर्थ, मलाई लाग्छ, उनले पनि यो परीक्षणमा भाग लिइन् ।’

advertisement

रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दैआएको छ । यही महिनाको सुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ । र अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो । विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?