advertisement

हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् ।

" /> फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरेँ : कृष्णबहादुरलाई टुक्रा– टुक्रा पारेकी महिला - Sarbocha Media

फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरेँ : कृष्णबहादुरलाई टुक्रा– टुक्रा पारेकी महिला

`

     २०७७ श्रावण २७ गते ६:४५

काठमाडौं, २७ साउन। दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्या गर्ने महिलालाई सार्वजनिक गरिएको छ । बोहोराको शव साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र फेला परेको थियो ।

महिलालाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले बताएको छ ।

बोहोराले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको हत्यामा संलग्न महिलाले बताएकी छन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र उनी अनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको महिलाले वयान दिएको जनाइएको छ।

advertisement

हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?