धनुषाको, २७ साउन । धनुषाको जनकपुरधाममा थप एकजनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको बताइएको छ। उनी जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।
१८ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै आएको उनको गएराति मृत्यु भएको जनाइएको छ । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित थिए ।

हालसम्म नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।




