काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द हुने भएको छ ।
सोमबार बसेको नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका हो।
बैठकले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलन उच्च जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई १५ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।
तरकारी व्यापारले साँझ विहान मात्र तरकारी विक्री वितरण गर्न पाइने, फुटपाथ, ठेलागाडा, साईकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मको लागि निषेध गर्ने बैठकको निर्णय रहेको छ।

सार्वजनिक यातायात सञ्चालनमा भाद्र १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्नुपर्ने बैठकले निर्णय गरेको छ।




