advertisement

ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न दिइने उनको भनाइ छ । ढुवानीका साधनमा एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले जानकारी दिए ।

प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न समेत आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ । राति नौ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिइने उनको भनाइ छ ।

" /> साँगा नाकाबाट उपत्यका प्रवेशमा कडाइ, पैदल यात्रीलाई समेत रोक - Sarbocha Media

साँगा नाकाबाट उपत्यका प्रवेशमा कडाइ, पैदल यात्रीलाई समेत रोक

`

     २०७७ श्रावण २६ गते १०:०६

भक्तपुर, २६ साउन । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका गर्ने क्रम बढेसँगै उपत्यकाका प्रवेशमा कडाइ गर्न थालिएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको बताइएको छ ।

विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनको भनाइ छ ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाटै फर्काउने गरिएको र पैदल यात्रीलाई समेत रोक लगाइएको जोशीले बताए । साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको उनको भनाइ छ । उनका अनुसार पास भएका सवारी साधन समेत साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।

advertisement

ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न दिइने उनको भनाइ छ । ढुवानीका साधनमा एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले जानकारी दिए ।

प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न समेत आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ । राति नौ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?