वीरगञ्ज, २६ साउन। वीरगञ्जमा फेरि एक कोरोना संक्रमितको ज्यान गएको छ । पर्सामा साउनमा मात्रै कोरोनाबाट ज्यान जानेको संख्या १८ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको ज्यान गएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ।

कोरोनाबाट ज्यान गएको उनी पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी थिए ।




