काठमाडौं, २६ साउन । कोरोना भाइरस महामारीको कारण शैक्षिक संस्थाहरु ठप्प नै छन् । मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।
कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।

पछिल्लो सयम कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या वृद्धि हुँनुको साथै कोरोना संक्रमण बढी देखिन थालेपछि विद्यालय भर्ना र परीक्षा सञ्चालन अहिलेनै नगरिने भएको छ ।



