गजल
हिँड्ने बेला हाँस्दै बिदा, गरे हुन्थ्यो प्रिया
शुभयात्रा भन्न तल, झरे हुन्थ्यो प्रिया
१
बिदाइमा आँसु हैन, मीठो मुस्कान छर
बाटाभरि पुष्प वृष्टि, छरे हुन्थ्यो प्रिया
२
बादलझैँ धुम्म परे, यात्रा खल्लो हुन्छ
विष्णुमती तार्न अघि, सरे हुन्थ्यो प्रिया
३
औँसीको त्यो रातभन्दा, पूर्णे जून राम्रो
पूर्णिमा नै खानीखोला, तरे हुन्थ्यो प्रिया
४
सधैँ यता वसन्त छ, शिशिर छ उता
शिशिरमा छाया पुरै, परे हुन्थ्यो प्रिया ।
५
समाप्त
गीत
छातीभित्र टाँसेको छु, मेरो सानो गाउँ
स्वर्गभन्दा प्यारो लाग्छ,जन्मेको त्यो ठाउँ
हिजो तिम्रै काखमा खेली,बालापन बित्यो
दुःख कष्ट सयौँ झेली, त्यो यौवन बित्यो
उर्ली आको खोली तर्न, तिमीबाटै सिकेँ
ऐँचोपैँचो पर्म गर्न, आपसमा सिकेँ
बहर गोरु दाएसरि, मलाई तिम्ले दायौ
खरीपाटी समाएर, लेख्न पढ्न लायौ
मेरो गाउँले मलाई धेरै, गुनैगुन लाछ
आज जतै अघि बढ्न, सजिलो नि भा छ।
– खगेन्द्र दाहाल
रतुवामाई– ६, मोरङ,
हाल विद्याधिश्वरी मा. वि. वागमती– ६, आश्राङ, ललितपुर
प्रकाशित मितिः २४ साउन, २०७७।




