काठमाडौं,२४ साउन। काठमाडौंको गहनापोखरी–हाँडीगाउँको कोटाल टोलमा आठ जनामा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ ।
संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीयहरु रहेका छन् । कोटाल टोल त्यहाँ केही दिन अगाडि एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टिपछि सिल गरिएको जनाइएको छ ।




